फेरि ३ वटा जहाज किन्ने तयारी

पोखरा, मंसिर १३ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ ।

आजको कारोबार दैनिकमा खबर छ, छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया अघि बढ्ने छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले भने । नियमसँग भएका जहाजहरुको पूर्ण क्षमताका उडानसँगै नयाँ गन्तव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्ने अधिकारीको भनाइ रहेको छ ।

जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरुले छानबिन गरिरहकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्ने मन्त्री अधिकारीले बताए । निगमको योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ ।