फेरि ३३ किलो सुनसहित दुई नेपाली पक्राउ

काठमाण्डौं, मंसिर ३० ।
भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।

भारतीय राजस्व अनुसन्धान अधिकारीले कोलकाताबाट नयाँदिल्ली जाँदै गरेका कारको फल्स बटममा लुकाइएको सुनसहित इटहरीका हेमकुमार शर्मा र राकेश प्रसादलाई पक्राउ गरेको हो ।

भारतीय राजस्व अधिकारीले कोलकातास्थित नेपाली महावाणिज्य दूताबासमा पत्राचार गरेपछि साताअघि उनीहरु समातिएको खुलासा भएको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।