फेरि मन्त्रीमण्डल विस्तार, मन्त्रीको संख्या ५६ पुग्यो

काठमाडौं, असोज २ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनः विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भैरहेका बेला उनले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् । राप्रपा प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीका रुपमा सिफारिस पठाएको थियो ।
यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री भएका हुन् । दुवै राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको शपथ गराएका छन् । यो सँगै देउवाको नेतृत्वमा ५६ सदस्यीय मन्त्रीमण्डल पुगेको छ । विष्टले विज्ञान प्रविधि र शर्माले वन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।