फेरि अर्को घटना–१० वर्षीया बालिकाको बलात्कारपछि हत्या

जनकपुर, असोज २८ ।
धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही–२ का रामआशिष साहको धानखेतमा शनिबार शव भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही–५ परवाहा मुखिया टोलका ३२ वर्षीय विनोद मुखिया र औरही–३ परवाहा का ३० वर्षीय नथुनी पण्डित रहेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।