प्लाष्टिक निषेधित पोखराको नगरसभामै प्लाष्टिकका थाल (फोटोमा हेर्नुस्)

पोखरा, फागुन २८ ।
पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । त्यसपछि पनि प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल भने धेरै हदसम्म न्यून भएको छ । तर पोखरा लेखनाथ महानगरपालिकाले नै आफैले बनाएको नियम कार्यान्वयन गरेको छैन ।
महानगरपालिकाको सोमबारको नगरसभामा प्लाष्टिकका थालमा खाजा खुवाईयो । अधिकांश जनप्रतिनिधी सहभागी कार्यक्रममा कसैले पनि प्लाष्टिकका थालबारे चासो राखेनन् । धेरैलाई यो बिषयमा हेक्का पनि भएन । जनप्रतिनिधीले नै प्लाष्टिकको थालमा मासु र नान हालेर खाए । तर थाल हटाउन कसैले निर्देशन दिएनन् नत सुझाव नै दिए । महानगरले आफ्नै नियम कार्यान्वयन नगरेपछि जनतालाई मात्रै लाद्न खोज्दा कार्यान्वयन हुन गाह्रो हुने सरोकारवालाहरु बताउँछन् । कार्यक्रममै केही पत्रकारले महानगरले गरेको नजरअन्दाज प्रति प्रश्न गरेका थिए ।