प्रहरी चौकीकै आडमा गोलि हानेर तरुण दल अध्यक्षको हत्या !

रोल्पा, भदौ २५ ।
रोल्पा जिल्लाको सुलिचौरमा भएको गोली प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटी अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा आइतबार खाजा खादै गरेका अध्यक्ष पुनलाई गोली प्रहार भएको हो ।

गोलि लागेर तरुण दलका अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्शीले बताएका छन । पुनको छातिमा २ र पेटमा १ गोली लागेको छ । अध्यक्ष पुनको शब प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन ।

ईलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै पुनलाई गोलि प्रहार भएको थियो । गोलि प्रहार गर्ने समुहको खोजि भइरहेको प्रहरीले जनाएको छ ।