प्रहरीले चलायो पिएनमा अश्रुग्याँस

पोखरा, माघ २३ ।
विहानैदेखिको तनावका बीच प्रहरीले पिएन क्याम्पसमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको हो । विद्यार्थीहरुले क्याम्पस भित्रैबाट ढुंगामुढा गरेका छन् भने प्रहरीले बाहिरबाटै ढुंगा हानेका छन् ।
नगरबसको ठक्करबाट सोमबार साँझ नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा भएको तनाव झन् बढेको छ । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु नाराबाजी सहित पिएन क्याम्पस गेट अगाडी प्रदर्शन गरिरहेका छन् । पिएन क्याम्पस यतिबेला निकै तनावग्रस्त छ । विद्यार्थीहरु निकै आक्रोशित छन् । उनीहरुले प्रहरी प्रशासनबाट दमन भएको भन्दै सरोकारवालाको चासो दिनुपर्ने माग गरेका छन् ।