प्रहरीको रासनभत्ता बढ्यो, कति पुग्यो ?

काठमाण्डौं, असार ९ ।
पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले साउन १ देखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४ अर्ब ६४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ ।

‘साउनदेखि नयाँ दरअनुसार प्हरीले रासनभत्ता पाउनेछन्’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक १९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरुले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् ।

त्यस्तै झापामा कार्यरत प्रहरीले १५७ पाउँदै आएकोमा १७९ रुपैयाँ ८० पैसा, इलाममा १ सय ६८ पाउँदै आएकामा २०० रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाचुंगोलामा कार्यरत प्रहरीले ४४४ पाउँदै आएकोमा अब ६१५ रुपैयाँ पाउनेछन् । पहाडी र हिमाली जिल्लाहरुमा खाद्यान्न महँगो हुने भएकाले रासनदर उच्च हुने गर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।