प्रहरीको गोलीले एकको मृत्यु

कपिलबस्तु, कार्तिक १४ ।
कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक स्थानीय युवाको मृत्यु भएको छ। मृतक स्थानीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ ।

लक्ष्मीपूजाको मूर्ति सेलाउने क्रममा विवाद उत्पन्न भएपछि कृष्णनगरक्षेत्र तनावग्रस्त बनेको थियो । विवादले उग्ररुप लिएपछि प्रहरी र स्थानीयवीच झडप भएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

झडपमा केही प्रहरी र स्थानीयसमेत घाइते भएका प्रहरीले जनाएको छ ।