प्रधानमन्त्री देउवा अचानक पोखरामा

पोखरा, मंसिर ७ ।
प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा अचानक पोखरा आईपुगेका छन् । बिहीबार साँझ उनी हेलिकप्टरमार्फत पोखरा झरेका हुन् ।
कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान नसके पछि पोखरा आइपुगेका श्रोतको भनाई छ ।
उनी हेलिकप्टरबाट पोखरा विमानस्थल अवतरण भएका थिए । हाल उनी पोखराको राष्ट्र बैंक गेष्ट हाउसमा बसेका छन् । साँझ परेका कारण सुरक्षाका दृष्टिकोणले हेलिकप्टर उडाउन नमिलेपछि प्रधानमन्त्री पोखरा बसेका हुन् ।
शुक्रबार विहानै उनी राजधानी फर्कने छन् । पोखरामा प्रधानमन्त्रीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रम छैन ।