प्रधानमन्त्री देउवाको ४५ सेकेन्डको सम्बोधन

सोलुखुम्बु, कार्तिक २६ ।
नेपाली कांग्रेसका उम्मेदवारको चुनावी सभामा सहभागी हुन सोलुखुम्बु पुगेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेन्ड सम्बोधन गरेर राजधानी फर्केका छन् ।
समय अभावको कारण देखाउँदै सभापति देउवाले मन्तव्यका क्रममा भने, ’रुखमा भोट हाल्नुहोस्, सबै माग पूरा हुन्छ ।’
शनिबार ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गरेका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु पुगेका हुन् । देउवाले शनिबारै पाँचथरको चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।
सोलुखुम्बुमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने योजना अघि सारेका छन् ।