प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन–ओली

काठमाण्डौं, मंसिर २३ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए ।

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ । उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो । तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने ।

उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे । ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए ।

‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने । प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्लारु’ ओलीले प्रश्न गरे ।