प्रधानमन्त्री ओलिलाई काँग्रेस नेता केसीले चेतावनी दिँदै भने–सय बर्ष बाँच, ५ बर्ष सरकार चलाउ (भिडियो)

पोखरा, साउन १५ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी ओलीलाई सरकारले गरेका सबै गलत कामको विरोध गरिरहने चेतावनी दिएका छन् । नेपाली काँग्रेस कास्कीले पोखरामा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले अघिल्ला सरकारले गरेरका राम्रा कुराहरुलाई सरकारले खारेज गरेर निहु खोज्ने काम गरेको आरोप लगाए ।

‘अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्नु जनहितमा छैन । हामी त्यसैको विरोध गरेका हौ, उनले भने–जनताको जनजीविका विपरित काम नगर । खड्ग ओलि तिमि सय बर्ष बाँच, ५ बर्ष सरकार चलाउ हाम्रो शुभकामना छ । तर जनअधिकार नखोस ।’