प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्याँस आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए

काठमाण्डौं, भदौ २७ ।
निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबरग्यास प्लान्टबाट ग्यास आउन छाडेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्लान्ट उदघाटन गर्दै सिलिन्डर बोक्ने जमाना गएको बताएका थिए । प्रधानमन्त्रीले गत भदौ ५ गते यसो भने पनि त्यसको १२ दिनपछि प्लान्ट बन्द भएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।