प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी–दम्भ नदेखाउनु

काठमाण्डौं, साउन ७ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त भन्दै कांग्रेसले त्यस्तो नगर्न सचेत गराएको हो ।

‘कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथि उठेर तत्कालै समाधानमा पुग्न प्रधानमन्त्री र सिंगो सत्तापक्षलाई फेरि पनि सचेत गराउन चाहन्छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसले गोविन्द केसीको मुद्दालाई साथ दिएकोमा आलोचना गर्दै त्यान्द्रो समाएर राजनीति गरेको टिप्पणी गरेका थिए । ‘डा. केसीको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन’ विज्ञप्तिमा भनिएको छ ।

शेरबहादुर देउवाको नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा केसीले उठाएको माग संबोधन भएको भन्दै कांग्रेसले अहिले सरकारले नै समस्या सिर्जना गरेको बताएको छ ।