प्रधानमन्त्रीको सवारीले पोखरा सुनसान (भिडियो हेर्नुस्)

पोखरा, साउन ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा सहभागीता जनाए । प्रदेशसभा सम्बोधनका लागि पोखरा आएका उनी पोखरा विश्वविद्यालयको सिनेट बैठकमा अध्यक्षता गर्न पुगे भने पोखरा अन्तराष्ट्रिय विमानस्थलको पनि अवलोकन गरे ।

उनी पोखरा झरेपछि दर्जनभन्दा बढी गाडी उनको अघिपछि लागे । उत्तिनै संख्यामा सुरक्षाका गाडीहरु । प्रधानमन्त्रीको सवारी हुनुभन्दा पहिलेदेखि नै पोखराका मुख्य सडकमा यातायात आवतजावत गरिएको थियो ।

करिव आधा घण्टासम्म पोखराको पृथ्वीचोक जाममा पर्यो । उसैगरी अमरसिंहचोक र अन्य मुख्य सडकमा गाडी लामो समयसम्म चल्न पाएन ।

‘प्रदेशसभाको बैठकमा जान हिडेको मान्छे म आँफै आधा घण्टा तालचोकमा रोकिँए । सांसद भएको जानकारी गराएपनि सुरक्षाकर्मीले जान दिएनन्, गण्डकी प्रदेशका एक सांसदले भने–१ सय मिटर वरिपरि सुरक्षाले घेर्नु ठीकै हो । आधा घण्टासम्म बाटो रोकेर सुरक्षा दिनुपर्ने नेपालमा महाराजाको भान भैरहेको छ ।’

विमानस्थल अवलोकनपछि पोखरा विश्वविद्यालयको सिनेटमा सहभागी प्रधानमन्त्री चाउथे निस्किनु अघि नै पृथ्वी राजमार्गमा गाडी चल्न रोकिएको थियो । प्रधानमन्त्रीको पोखरा आगमनलाई धेरैले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरिरहेका छन् ।