प्रदेश ४–६० सांसदले सपथ ग्रहण गर्दै, यस्तो छ तयारी

पोखरा, माघ ७ ।
प्रदेश नम्बर ४ का निर्वाचित सांसदहरुको पदभार ग्रहणको तयारी पूरा भएको छ । आज बिहान ९ बजे प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाका जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन् । जेष्ठ सदस्य श्रेष्ठले अरु ५९ जनालाई ११ बजे सपथ ग्रहण गराउनेछन् । तर मनाङबाट विजयी सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) सपथमा सहभागी हुने सम्भावना नभएका कारण ५८ जनाले श्रेष्ठसँग सपथ लिने छन् ।
प्रदेश प्रमुख कुवँरले चाहीँ आईतबार विहान ९ बजे अध्यागमन कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । उनी बुद्ध एयर मार्फत शनिबार दिउँसो पोखरा आईपुगेका हुन् । प्रदेश सांसद मध्ये जेष्ठ सदस्यले अध्यागमन कार्यालयमा नै सपथ लिनेछन् भने अरु सांसदलाई नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा सपथ लिने ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।