प्रदेश ४ मा सभामुख माओबादीका नेत्र अधिकारी

पोखरा, माघ २७ ।
नेकपा माओवादी केन्द्र ४ नं प्रदेशसभाको सभामुखमा पर्वतबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीलाई अघि सारेको छ । माओवादी केन्द्रको संसदीय दलको आज वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वा्चित हरिवहादुर चुमानलाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यसैगरि कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा १ वाट निर्वाचित रामजीप्रसाद वराल संसदीय दलको उपनेतामा चयन भए ।
त्यसैगरि दलको प्रमुख सचेतकमा समानुपातिकवाट सांसद वनेकी गायत्री गुरुङ(कुसुम) र सचेतकमा वाग्ुलङवाट निर्वा्चित चन्द्रवहादुर वुढा चयन भए ।