प्रदेश ४ मा संसदीय पत्रकार मञ्च गठन, शर्मा अध्यक्ष

पोखरा, बैशाख २६ ।
प्रदेश ४ मा संसदीय विटमा समाचार लेख्दै आएका पत्रकारहरुको भेलाले संसदीय पत्रकार मञ्च पोखरा गठन गरेको छ । बुधबारको भेलाले कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दि हिमालयन टाइम्सका भरत कोइराला, सचिबमा नागरिक दैनिकका बिशन क्षेत्री, कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका रोहितराज पराजुली, सहसचिबमा समाधान दैनिकका अमृत सुबेदी चयन भएका छन् ।

सदस्यमा गण्डकी टेलिभिजनकी उमा आले, इमेज टिभिका प्रदीप पौडेल, सबैको आवाज साप्ताहिककी तारा चापागाईं दुवे, एपि वान टिभिका सागरराज तिमिल्सिना, फोटो पत्रकार युनिश गुरुङ र आदर्श समाजका प्रकाश ढकाल चयन भएका छन् ।

मञ्चको आजै बसेको बैठकले मञ्चको विधान बनाउन केशबशरण लामिछानेको संयोजकत्वमा प्रकाश ढकाल र सचिब बिशन क्षेत्री सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ । समितिलाई ६ महिनाभित्रै पहिलो अधिवेशन गराउनुपर्ने जिम्मेवारी छ ।