प्रदेश ४ मा मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दैछन् मन्त्री ?

पोखरा, फागुन २६ ।
प्रदेश नम्वर ४ मा मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सम्भवतः आईतबार नै मन्त्रीपरिषद् पूर्ण गरिसक्ने मुख्यमन्त्रीको तयारी बुझिएको छ । मन्त्रीपरिषद् विस्तारका लागि शनिबार राती अवेरसम्म नेताहरुको बैठक चलेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते सपथग्रहण सँगै पदभार ग्रहण गरेपनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । एमाले र माओवादी केन्द्रविच मन्त्रालयको विषयमा सहमती भएपनि एमालेले मन्त्री छनोट गर्न नसक्दा मन्त्रीपरिषद बिस्तार ढिलो भएको हो । मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेपनि अन्तिम समयमा रोकिएको थियो । पार्टी भित्रको आन्तरीक विवादका कारण मन्त्री छनोट कठिन भएको एमाले स्रोतले जनाएको छ । आइतबार ४ बजे मन्त्रीपरिषद विस्तार गरेर राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाण्डौं जाने सोचमा मुख्यमन्त्री रहेको बुझिएको छ । मन्त्रीको नामावली आज रातीसम्म टुङ्ग्याएर मन्त्रीपरिषद विस्तार गर्ने सोंचमा मुख्यमन्त्री रहेको स्रोतले जनाएको छ ।

मन्त्रीका लागि एमालेको भागमा परेका पाँच मन्त्रालयमध्य एउटा मन्त्रालयमा मात्रै राम शरण बस्नेतमात्रै मन्त्री भएका छन । मन्त्रीका लागि बिकास लम्साल, चन्द्रमोहन गौचन, नरदेवी पुन, रोशन गाहा मगर, प्रभा कोइराला र कृष्ण थापाको नाम चर्चामा रहेको छ । मुख्यमन्त्रीले भेग, जातियता मिलाएर मन्त्री बनाउने सोंचमा बुझिएको छ ।
यता कास्कीबाट मन्त्री बनाउनका लागि दवाब बढेपनि कास्कीले समानुपातिक तर्फ धेरै सांसद पाएको र उपसभामुखपनि कास्कीले पाएका कारण बाँकी जिल्लाबाट मन्त्री बनाउन पर्छ भन्ने दवाबपनि उक्तिकै रहेको छ । मन्त्री छनोटमा सहमती सहमती जुट्न नसके मन्त्रीपरिषद बिस्तार पछि धकेलिन पनि सक्छ । प्रदेश प्रमुखको कार्यालयलाई शुक्रबार नै मन्त्रीपरिषदको बिस्तारको बारेमा जानकारी गराइए पनि बिस्तार हुन सकेको थिएन ।