प्रदेश ४ को रहरलाग्दो संसद (पढ्नुस् पूरै)

पोखरा, असार १८ ।
सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो । सँधै सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रह्यो । प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्णय गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि सत्तापक्षकै पंक्तिमा प्रतिपक्षी सांसद पनि उभिए ।

यो प्रदेशको सदनमा पहिलो र रहरलाग्दो दृष्य हो । सदनमा छलफल गर्ने कुनैपनि सांसदले पोखराप्रति विमती राखेनन् । मुक्तकण्ठले पोखराको बयान गर्दै सर्वस्विकार्य राजधानी पोखरा बनेको उनीहरको धारणा थियो ।