प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा, माघ २८ ।
प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि मुख्यमन्त्रीमा दावी गरेपछि लामो समय बैठक बसेर सर्बसहमतिमा पृथ्वीसुब्बा लाई अघि सारिएको हो ।
किरणलाई एमालेको केन्द्रिय संगठन विभाग प्रमुख दिने सहमति भएको एमाले श्रोतले बताएको छ । एमालेले संसदीय दलको नेता छान्न आजका लागि निर्वाचन मिति तोकेको थियो । सवा १२ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने समयभित्रै पृथ्वीसुब्बाले उम्मेदवारी दर्ता गराएका थिए । किरणले भने सहमतिका लागि १ घण्टा उम्मेदवारी दिने समय थप मागेका थिए । अन्तिम नाम सार्वजनिक गर्न अहिले एमाले कास्कीको जिल्ला पार्टी कार्याल्यमा बैठक बसिरहेको छ ।