प्रदेश ४ को मन्त्रालय राख्न भवन खोजी (यस्तो छ प्रश्ताव)

पोखरा, चैत २२ ।
प्रदेश ४ को मन्त्रीपरिषदले थप ४ बिधेयक संसदमा लैजाने बाटो खोलेको छ । बुधबारको बैठकले विधेयकलाई सैद्धान्तिक स्विकृति दिएर संसदमा पठाउने निर्णय गरेको हो । स्थानिय तहका कानुन तर्जुमा विधेयक २०७४, स्थानीय तहको सभा सञ्चालन कार्यविधि, नीति तथा योजना आयोग गठनको आदेश स्विकृति र दुग्ध विकास बोर्ड गठन विधेयकलाई मन्त्रीपरिषद्बाट स्विकृत गरिएको सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
यसैगरि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक प्रशासनीक भनव तथा सरकारी निवासको लागि भवन खोजी गरी प्रश्ताव तयार गरेको छ । प्रश्तावअनुसार हाल वगरमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हाल मासबारमा निर्माणाधीन क्षेत्रीय वन निर्देशनालयको भवनमा सार्ने, कृषि र सामाजिक विकास मन्त्रालय जिल्ला समन्वय समितिको भवनमा लैजाने तयारी छ । यद्यपी यो अन्तिम टुंगो भने होईन । भौतिक पूर्वाधार मन्त्रालयले प्रश्ताव गरेअनुसार नै कार्यालय राखिने मन्त्रीपरिषद्को निर्णय छ । सचिव र कर्मचारीको निवासका लागि पनि भवन खोजि भैरहेको मन्त्रालयले जनाएको छ । बुधबारको बैठकले अन्तर सहकारी वित्त परिषदमा प्रदेश ४ बाट प्रतिनिधित्व गर्ने दुई जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस भएका सदस्यहरुमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसी र धौलागिरी गाँउपालीकाकी अध्यक्ष थमसरा पुन छन् ।