प्रदेश ४ को नाम ‘गोरखा’ राखौं

क्या. सन्तबहादुर लामिछाने
जिवनको कालखण्डमा सबैलाइ आउने अवसर अर्थात् मौकालाइ सदुपयोग गर्न नसक्दा उसले आफ्नो भविस्य नै पश्चातापमा बिताइरहन पर्ने हुन्छ । समय र अवसरले मानिसलाइ पर्खदैन, बरु यसलाइ हामिले पहिल्याएर सदुपयोग गर्न सक्नु पर्छ, अझ राजनितिमा त झन ‘’दुरदर्शिता’ भन्ने शब्दले उसलाइ सफल र असफल बनाउने निक्र्यौल गर्दछ । नेपालको प्रदेश ४ को सांसद ज्यु हरुलाइ अहिले एउटा महान अवसर प्राप्त छ, जसलाइ सदुपयोग गर्न सके यो केवल प्रदेश ४ को लागि मात्रै हित हैन देशकै लागि गर्व हुन सक्छ । नेपालको राजधानी काठमाण्डौबाट पश्चिन तर्फ करिब ५ घण्टाको सडक यात्रा पछि पुगिने प्राय भूभाग पहाड भएको गण्डकी अञ्चल भित्र पर्ने एउटा ऐतिहासिक जिल्ला अर्थात प्रदेश ४ भित्रको एक जिल्ला मात्रै भनेर गोरखालाइ परिभाषित गरियो भने ‘गोरखा’ शब्दको अपमान हुन्छ। ‘गोरखा’ शब्द ३,६१० वर्ग किलोमिटर क्षेत्रफल भएको, करिब ३ लाख मानिसहरु बसोबास गर्ने, ब्राम्हण, छेत्री, मगर, गुरुङ आदिको मुख्य बाहुल्यता रहेको, नेपालको प्रदेश ४ को एउटा जिल्ला भनिनु मात्रै पनि यसको गौरवमाथि को धावा बोल्नु हो । गोरखा भन्ने शब्द कुनै राजनैतिक तवरबाट एक अर्काप्रति भेदभाव हुने गरि उत्पत्ति भएकै हैन, यो आफैमा एउटा सुन्दर र सुन्दा मात्रै पनि सारा नेपालिको छाति फुल्ने शब्द हो । यसको इतिहास गर्विलो छ, स्वच्छ छ । ‘गोरखा’ शब्दको उत्पत्ति कसरि भयो भन्ने धेरै किम्बदन्तिहरु मध्ये विशेष गरि तिन वटा प्रख्यात छन् । गोरखामा धेरैले गार्ई पाल्ने गर्थे । गाईलाइ राख्ने गोठलाइ ‘खर्क’ भनिन्थ्यो र छोटकरिमा गोखर्क भन्दाभन्दै गोरखा भएको एकाथरिहरु भन्छन भने अर्कोथरी चाहीँ गाईलाइ भगवान मान्ने हिन्दु सभ्यताअनुसार गाईको रक्षा गर्नुलाइ संस्कृतमा गोरक्ष भनिन्छ र यसैबाट ‘गोरखा’ भएको पनि मानिन्छ । त्यसैगरि भगवान गोरखनाथ पहिलो चोटि गोरखा आएकाले यहाको नाम ‘गोरखा’ राखिएको पनि एकाथरि बताउँछन् । जे जसरि यो शब्दको उत्पत्ति भएको हामिले माने पनि आज इतिहास पाल्टाएर हेर्ने हो भने यो शब्द नेपालमा भन्दा पनि विश्वमा परिचित छ, अन्तरास्ट्रीय जगतमा नेपालिलाइ ’गोरखाली’ भनेर चिनिने कुरामा दुई मत छदै छैन ।
‘गोरखा’ शब्दको अर्थ प्रश्ट्याइरहदा यसको दायरा अत्यन्तै फराकिलो भए पनि नेपालको एउटा सानो ठाउलाइ मात्रै भनिएको गोरखा जिल्लाको इतिहास र महत्वलाइ यहा नेर नखुलाइरहन सकिन्न । राम शाहको पालामा सुशासन र न्यायको लागि चिनिएको गोरखा ऐतिहासिक, सांस्कृतिकरधार्मिक, प्राकृतिक र सामाजिक रुपमा मात्र नभई राजनितिक रुपमा पनि सधै केन्द्र र चर्चामा रहिरहनु गर्वको कुरा भएपनि अपेक्षाकृत रुपमा यहाँको विकास निर्माणका कार्यले कहिले पनि गति लिन सकेन। मुख्य रुपमा चेपे, दरौंदी, मर्स्यांदी र बुढी गण्डकी जस्ता अति सम्भावना युक्त्त नदिहरुबाट सुसज्जित यो ठाउ, गणेश र मनास्लु जस्ता उच्च हिमशृंखलाबाट पनि आभूषित छ । नेपालकै पहिलो केवलकार मार्फत रमणीय डाँडाको हावा खाँदै उकालिँदाको २० मिनेटमा विश्व प्रशिद्ध मनकामना मन्दिरको दर्शनले सबैको मनोकामना पुरा हुने विश्वास परापुर्व कालदेखि रहिआएकोले पनि यो क्षेत्र सर्वत्र परिचित छ । यसको अलवा गोरखनाथ र गोरखकाली जस्ता भगवानका मन्दिरहरुले पनि यस क्षेत्रलाइ धार्मिक रुपमा अझ बढी प्रतिष्ठित बनाएको छ । नेपाल राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको जन्मभूमि हो गोरखा र नेपालको जननी वा उद्गम स्थल पनि । पृथ्वी नारायण शाहको दुरदृष्टि र अकल्पनीय योगदानको कारण नै आज हामि नेपालि भनेर शिर उच्च बनाउने यो महान अवसर पाएका छौं । उहाँले त्यो एकीकरण अभियानलाइ सार्थक तुल्याउन योजना बनाउनुभएको ठाउँ गोरखा दरवारमा त्यतिबेला बालिएको आगो अहिलेसम्म निभ्न नदिएर गरिएको उहाँप्रतिको सम्मान मात्रै पर्याप्त नहोला कि ! नेपाल र सारा नेपालिहरुको जननी र पहिचान उहाँलाई बिर्सन खोज्नु नितान्त पाप हुन्छ । लिगलिग कोटको दौडबाट राजा छानिने प्रचलनको अहिले सम्म पनि सम्मान गरिन्छ जसले गोरखालाई अझ परिचित बनाएको हामीलाई थाहा नै छ ।
गोरखा र नेपाल एकापसमा पर्यायवाची शब्द नै हो भन्दा अतिउक्ति नहोला। अन्तराष्ट्रिय जगतमा नेपालि भन्दा पनि गोर्खाली भनेर हामी सारा नेपालि बढी परिचित छौं। भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बहादुर शाह, कालु पाण्डे लगाईतका राष्ट्रिय बिभूतिहरुका कारण नै आजको नेपाल सम्भव भएको हो । आजसम्म हामि गोर्खाली भारत तथा बेलायतमा ‘बहादुर’ को उपनामले परिचित छौं। बेलायतले नेपाल कब्जा गर्न खोज्दा हाम्रा पुर्खाहरुका बहादुरी देखेर “हाम्रा महान शत्रु” भनेर फर्केको घटनाले साच्चै हामि कसैप्रति झुक्न नसक्ने र देशको अस्तित्व रक्षाको लागि गर्धन थाप्न सदैव तत्पर छौं भन्ने भाव प्रस्ट पार्छ । राजनीतिक रुपमा सदैव चर्चामा रहने गोरखा विकास निर्माणमा भने कहिले नि चर्चित बन्न सकेन । जिल्ला सदरमुकाम गोरखाबजार सम्म मात्र कालोपत्रे सडकले छोएको यस जिल्लामा अन्य प्राय सबै क्षेत्रमा कच्ची सडककै धुलोमा जनता पिरोलिन बाध्य छन् । एकीकरण पश्चात गोरखा र अन्य क्षेत्र विचको सम्बन्ध राम्रो होस् भन्ने भाव स्वरूप काठमाण्डौंलाइ राजधानी बनाएर गोर्खालीहरुले महान त्याग देखाएपनि विकास निर्माणमा यसरि उपेक्षित हुनु पर्ला भनेर सोचेका सम्म थिएनन् । थोरै मात्रामा मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकेको यस जिल्लामा विकासका पूर्वाधार समेत तयार हुन सकेको छैन । जनतालाई छिटो तथा इमर्जेन्सी यात्राको लागि हवाई यातायात विकासमा पनि गोरखा अत्यन्तै पछाडी परेको हामीले सदैव महसुस गर्दै आएका छौं । भएको एउटा विमान स्थल ‘पालुङ्गटार विमानस्थल’ लाइ समेत उपयोग गराउने वातावरण नबनाइनु र हेलिकप्टरहरु हेलिप्याडको अभावमा बारी र खेतका गराहरुमा अवतरण गराउन पर्ने जस्ता कुराले साँच्चै यहाँका जनताले हवाई उड्डयनको कुनै खालका सुविधाको उपभोग गर्न पाएका छैनन् भन्ने प्रष्ट हुन्छ । पर्यटन विकासका प्रचुर सम्भावनाहरु हुदा हुदै पनि यस्ता असुविधाहरुका कारण पर्यटनले गति लिने कुरा सदैव आशामै सिमित छ । कछुवा गतिमा पनि विकासका कार्यहरु अगाडी नबढ्नु, आर्थिक वर्षको अन्त्यमा मात्र विकासको नाममा बजेट सिध्याउने छारो हाल्नु, जतासुकै राजनीतिक हस्तक्षेप हुनु, राम्रालाइ भन्दा हाम्रालाई प्राथमिकता दिनु, भ्रस्त्राचारी र गुण्डाहरु बढी सम्मानित हुनु नै हाम्रो देश विकास नहुनुका प्रमुख कारण हरु हुन् ।
खानेपानि, स्वास्थ्य संस्था जस्ता नितान्न आधारभूत आवश्यकता कै अभावमा सयौले ज्यान गुमाइरहनु परेको यस क्षेत्र २०७२ सालमा प्राकृतिक प्रकोप विनाशकारी भुकम्पबाट समेत केन्द्र बन्दु बन्न पुग्दा यहाँको ९० प्रतिशत आवास छेतविछेत भयो । उक्त प्रकोपले हजारौको ज्यान लियो भने कयौ अन्य अतुलनिय दिर्घकालिन क्षती पुर्यायो। गैह्र सरकारी संस्था तथा सामाजिक व्यक्तित्वहरुबाटको अस्थायी सहयोगमा बाँचीरहेका यहाँका बासिन्दाहरुलाई सरकारबाट शुन्य उपस्थितिको महशुस भएको छ । वेलायती राजकुमार ‘ह्यारी’ सम्मको मनस्पटलमा गोरखाको पिडा पुगिसक्दा पनि यहिँकै सरकारको पुननिर्माण सम्बन्धि कार्यमा वर्ष दिन सम्म नजर सम्म नपर्नु अत्यन्तै दुखद कुरा हो । बहादुर र साहसिक जनताको थलो गोरखामा अभावै अभावको बिचमा पनि देखिएको यो संयमताको बाध फुट्ने दिन नकुरियोस भन्ने अपेक्षा गर्छन यहाँका बासिन्दा । राष्ट्रकै सर्वोच्च कार्यकारी पदमा यहाँका नेताहरु नपुगेका पनि हैनन्, आज सम्म यो क्षेत्र विकासको स्पष्ट खाका सहित कुनै पनि राजनैतिक व्यक्तित्व प्रस्तुत नहुदा यहाँका जनताले अन्योल र आशा मै सिमित भएर जिविका गुजार्नु परेको छ । देश विकासको लागि राजनीति र नेतृत्वको इमान्दारिता र दुरदर्शिताको अहम भूमिका हुने कुरालाइ नकार्न सकिन्न । यसर्थ राजनैतिक स्थायित्व र भ्रस्ट्राचार मुक्त समाजको विकास गर्नु नै आजको प्रमुख आवश्यकता हो । बुढीगण्डकी जलविधुत योजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरुको रुप रेखा कोरिदै छ भने पनि कार्य सम्पन्न हुनेमा शंका कायमै छ । गोर्खाको यो सारा अस्तित्व र महत्वलाई हृदयङ्गम गर्दै अबको प्रदेश नं ४ को राजधानी गोरखा बनाइनु पर्दछ भन्ने आवाजहरु पनि उत्तिकै सान्दर्भिक थिए तर यहा अब यहा सर्व स्विकार्य कास्कि को पोखरा लाइ राजधानि बनाइसकेको यो परिप्रेक्षेमा प्रदेशको नाम ’गोरखा’ राख्न सकियो भने यो पवित्र शब्द र इतिहासको सम्मान मात्रै हैन नेपालको यो प्रदेश विश्वमा नै परिचित हुनेछ र हामि गोरखा प्रदेशबासि भने छाति चौडा पारेर हिड्न सक्नेछौ मात्रै पनि हैन विविध सम्भावनाको ढोका हरु खुल्नेछ जुन गोरखा प्रदेश भित्रको मनाङ, मुस्ताङ, कास्की, म्याग्दी, तनहूँ, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपरासी, लमजुङ र गोरखा लगाईत पूरा देशलाइ नै फाइदाको कुरा हो ।
प्रदेश ४ को नामाकरण मा अरु नाम हरु जोडेर विवाद खडा गर्नु भनेको केवल व्यक्तिगत वा पार्टीगत चुनाव जित्ने स्वार्थमा केन्द्रीत हुनु हो । नाम भन्ने कुरा यहा भित्रको सबैले गर्व गर्ने खालको हुन पर्छ जसले यो प्रदेशलाइ विश्वमा चिनाउन सकोस र सम्भावनाको ढोक हरु खुलोस जसले विकास र समृद्दिमा गति लेओस अनि यहाका मानिसहरुको जिवन सिखि हुन सकोस यो सबैको इच्छा हो । कुनै एक बर्गको मात्रै पहिचान दर्शाउने वा कसैले पनि नसुनेको नयाँ नामाकरण गर्ने तर्कहरु प्रस्तुत हुनु भनेको यौनरोगबाट ग्रसित सङ्ग संभोग गर्नु सरह हो जसले क्षणिक मनोरन्जन वा फाइदा त होला तर भविस्य अन्धकार भैसकेकोमा अनभिज्ञ हुन्छ । बहसमा केहि नाम हरु आउनु अस्वभाविक हैन तर यहाँका माननिय सांसदज्युहरुले साच्चै दिर्घकालिन असर पार्ने निर्णय लिनुहुँदैन जसले गर्दा विश्वमा धेरै ठाउमा सङ्घियता नै असफल वा विवाद प्राय भैरहेको उदाहरणमा अर्को एउटा उदाहरण नथपियोस । ’तमुवान’ नाम राख्दैमा तमु हरु लाइ सम्मान हैन बरु तमुहरुलाइ आँखामा छारो हालेर एक ढिक्का भएको समुदायहरु बिच मनमुटाव बिजारोपण गर्नु हो र देशकै गहना ’तमु’ हरु प्रतिको राजनिति हो । तमुहरु पनि यहाँको एकता चाहन्छ, विकास चाहन्छ बरु पिछडिएको छन भने उक्त वर्गलाइ राज्यको पहुँचसम्म पुर्याउने कोसिस गरिनुपर्छ, शिक्षामा प्रोत्साहन गरेर दक्षता हासिल गराएर राज्यको महत्वपुर्ण ठाउमा पुर्याइनु पर्छ, उसको जीवन सुखी बनाउन तिर लाग्नुपर्छ नकि उसको पवित्र नामलाई विवाद बनाइनु स्वयं तमुहरुको लागि घातक हुन जान्छ र कसैको क्षणिक राजनैतिक स्वार्थको लागि तमुहरु यो चाहदैनन् ।
’गण्डक’ भन्ने शब्द आफैमा हिन्दी शब्द हो । यो नाम पनि विवादित नाम भने हैन तर छातिमा हात राखेर यहाँका सारा जनताले सोचौं त के यो शब्द र ’गोरखा’ शब्द विश्वमानचित्र मा कुन परिचित होला ? वा कुन शब्दले तपाइलाइ गर्व अनुभुति होला ? पक्कै पनि गोरखा शब्द उपयुक्त र विवाद रहित शब्द हो प्रदेश ४ को नामाकरण । प्रदेश ४ को नाम गोरखा प्रदेश राखि गोरखा बासिको मन उच्च बनाइ यस प्रदेशको सर्वाङ्गिण विकासमा गति दिने ऐतिहासिक अवसर यहाँका सांसद ज्यूहरुलाई उपलब्ध छ जुन अरु प्रदेशलाइ छैन । कोरला र गोरखाको उत्तरबाट चीन सँगको नाकाहरु संचालन गरि गोरखा प्रदेशमा भएको सारा पर्यटकीय सम्पदाको पहिचान गरेर हिमाली भेगमा भएको बहुमुल्य जडिबुटीको प्रशोधन र निर्यात गर्न सके गोरखा प्रदेशमा धेरै ठुला ठुला सम्भावनाका ढोकाहरु खुल्नेछन । अन्नपूर्ण, मनासुलु हिमशृङ्खला, माछापुछ्रे, गणेश हिमाल लगायत अति सम्भावना युक्त हिमाली सम्पदाहरु सम्म नजिकिन ट्रेकिङ रुट बनाइ पर्यटन विकास गर्न सके यहाँको आर्थिक पाटो माथि ल्याउन गाह्रो पर्दैन । कच्ची सडकहरु कालोपत्रे तथा सबै गाँउमा सडक जोड्न सके यहाँका मुल्यवान जडिबुडीको निर्यात गरेर जीविकोपार्जनमा तत्काल परिवर्तन ल्याउन सकिन्छ । आधुनिक कृषिको विकास गरि जनतालाइ कृषि प्रति प्रोत्साहित गर्न सके यहाका लाखौं लाख बिदेशिएका युवा स्वदेश फर्किने निश्चित छ । जसले स्वदेशी आर्थिक उत्पादनको विकास भई आत्मनिर्भर बन्न सघाउ पुर्याउँछ । गोरखकाली रबर उद्योगको सन्चालन साथै औद्योगिक क्षेत्रको छिटो विकास गरि प्रदेशलाइ रोजगारोको केन्द्र बनाउन सकिन्छ । पोखरा अन्तराष्ट्रीय विमानस्थलको ्सम्पन्नता सँगै यसको भरपुर उपयोग गरि पर्यटन विकासबाट यहाँको भविस्य सुन्दर बनाउन सकिन्छ ।
अन्त्यमा, बहुजाति र बहुपहिचान युक्त यो प्रदेशको नामाकरण गर्ने बेला धेरैमा बहस हुनु स्वभाविक र सान्दर्भिक पनि हो तर राम्रो मध्यको पनि धेरै राम्रो छानिनुपर्दछ भन्ने हो । एकै छिन सोचौं त नेपालका अरु प्रदेशले यो शब्द नाम राख्ने अवसर पाएको छ त ? भारतमै हेर्ने हो भने नि गोरखाल्याण्ड भन्ने शब्दको लागि अहिलेसम्म कतिले ज्यान सम्म गुमाइसके । हामिकहाँ सित्तैमा उपलब्ध यो पवित्र शब्दले प्रदेश ४ लाइ किन नचिनाउने ? यहाँका कसैले ’गोरखा’ शब्दलाइ कुनै एउटा जिल्लाको मानिसको मात्रै शब्द हो भनेर अरु कुनै नाम राखौं भनेर दवाव दिन्छ भने ऊ आफ्नो देशको इतिहास र राष्ट्रीयता प्रति अनभिज्ञ छ र यो सारा नेपालि प्रतिको अपमान गर्नु सरह हुन जान्छ । ’गोरखा’ भन्ने शब्दले विश्वमा सारा नेपालीलाइ चिनाइरहेको छ भने एउटा प्रदेश भित्रको सबैले यो शब्दमा गर्व नगरिरहन पर्ने कुनै कारण नै छैन । प्रदेश ४ को नाम गोरखा राखि इतिहासको सम्मान गर्दै यहाको सबैको भविस्य गर्विलो बनाउने अवसर नगुमाऔ, पक्कै पनि अन्तिम निर्णय लिने त यहाका सांसदहरु कै हातमा हो, मेरो शुभकामना ।
लेखक स्वदेशमै प्रशिक्षित पहिलो नेपालि पाइलट तथा नेपालकै पहिलो र एकमात्र जाइरोकोप्टर पाइलट हुन् ।