प्रदेश ४ को उपसभामुखमा ३ जनाको उम्मेदवारी (हेर्नुस् को को)

पोखरा, फागुन ६ ।
प्रदेश नम्बर ४ को उपसभामुखको चुनाव आज हुँदैछ । उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका छन् । वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, काँग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
आईतबार विहान ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । चुनाव दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकका बेला हुनेछ ।