प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित

पोखरा, फागुन ६।
प्रदेश नंं. ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित भएकी छन्।
प्रदेश सभाको आइतबार बसेको बैठकले शर्मालाई उपसभामुखमा निर्वाचित गरेको हो। शर्माले ३८ मत प्राप्त गर्दा उनको विपक्षीमा १८ मत परेको थियो।
उपसभामुखमा कांग्रेसबाट गोरखाकी सांसद मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाबाट बागलुङकी सांसद पियारी थापा उम्मेद्वार थिए। बैठकमा ५६ जना सांसदहरु उपस्थित भएका थिए।
निर्वाचित शर्मालाई आइतबार नै प्रदेश सभामुख नेत्रनाथ अधिकारीले शपथ गराइसकेका छन्।