प्रदेश ४ को उपसभामुखमा काँग्रेसकी मनकुमारी चुनाव लड्ने

पोखरा, फागुन ५ ।
प्रदेश ४ को उपसभामुखमा काँग्रेसले मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ । केन्द्रिय समितिको निर्देशन अनुसार गुरुङ उपसभामुखमा चुनाव लड्न लागेकी हुन् । गोरखा स्थायी घर भएकी गुरुङ काँग्रेसबाट समानुपातिक सांसदमा मनोनित भएकी हुन् ।
बाम गठबन्धनले भने उम्मेदवार टुंग्याएको छैन । एमालेको भागमा परेको यो पदका लागि मित्रकुमारी गुरुङ सुवेदी र सिर्जना शर्मा दावेदार छन् । दुवैजना कास्कीबाट समानुपातिक सांसद हुन् । उपसभामुखको चुनाव भोलि दिउँसो १ बजेका लागि तोकिएको छ ।