प्रदेश ४ काँग्रेस–दलको नेता नेपाली, प्रमुख सचेतक कँडेल (सबै हेर्नुस्)

पोखरा, बैशाख १५ ।
नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र नेपालीलाई सर्वसम्मत चयन गरेको छ । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।

यस्तै लेखासमितिको संयोजकमा कुमार खड्का, दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरिता गुरुङ सर्वसम्मत चयन भएका छन् ।