प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ

काठमाण्डौं, माघ २७ ।
प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो । प्रदेश ३ मा एमाले बहुमत प्राप्त छ । १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन् । श्रेष्ठ एमालेभित्र पार्टी अध्यक्ष केपी ओली पक्षका हुन् । सो प्रदेशमा एमालेले माओवादीसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ ।
शुक्रबारमात्र एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा डोरमाणि पौडेल निर्वाचित भएका थिए । उनी मुख्यमन्त्री बन्ने निश्चित छ । आजै अपराह्न निर्वाचित सभामुख श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराएकी छिन् ।