प्रदेश सांसदको पुत्ला जालाउने संघर्ष समितिको चेतावनी (आन्दोलनका कार्यक्रम सहित)

पोखरा, असार २३ ।
पोखराका आदिबासी जनजातिहरु आन्दोलित भएका छन् । भौगोलिक आधारमा प्रदेशको नामाकरण गरिएको भन्दै एकल पहिचानको पक्षधरहरुले गण्डकी प्रदेशका सांसदको पुत्ला जलाउने चेतावनी दिएका छन् ।

सबै समावेशी सांसदलाई आफ्ना कार्यक्रममा नबोलाउने र उनीहरुको कार्यक्रम समेत बहिष्कार गर्ने जनजातिको चेतावनी छ । पोखरामा रहेका ३० भन्दा वढी आदिवासी जनजातिहरुको संघ संस्थाले तमुवान मगरांत संघर्ष समिती खडा गरी भौगोलिक आधारमा नभइ जातिय पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग राखेका थिए ।

समितीले चार नम्बर प्रदेश सरकार पञ्चायती ब्यवस्थाको झल्को दिने गरी प्रदेशको नामाकरण गरेको समेत जनाएको छ । प्रदेश नम्बर ४ का अर्थ मन्त्री किरण गुरुङ र संस्कृतीविद डाक्टर जगमान गुरुङले पछिल्लो समय पहिचानको मुद्धालाई पाखा लगाइ पहिचानको अपब्याख्या गरी भौगोलिक आधारमा गण्डकी प्रदेश नामाकरण गराएको भन्दै आन्दोलनरत संघर्ष समितीले आफ्नो समुदायबाटै बहिष्कार गर्ने घोषणा गरेको छ ।

समितिले विभिन्न आन्दोलनको कार्यक्रम नै सार्वजनिक गर्दै चरणबद्ध कार्यक्रम थालेको छ । शुक्रबार संघर्ष समितीले पोखराको महेन्द्रपुलबाट ¥याली निकाली प्रदेश सभा जाने बाटो नदीपुरमा धर्ना सहित कोणसभा गरेका छन् ।

मन्त्री, संस्कृतीबिद र आदिवासी जनजातीको कोटाबाट सांसद बनेकाहरुलाई सामाजिक बहिष्कारको घोषणा गरेको समितीले आइतबार बिरोध स्वरुप पोखराको चिप्लेढुंगबाट शवयात्रा निकाली बजार परिक्रमा सहित सेती नदीमा दाहसंस्कार गर्ने र माग सुनुवाई नभए गण्डकी प्रदेश अनिश्चितकालका लागि बन्द गर्ने समितिका प्रबक्ता हुम तमुले जानकारी दिए ।