प्रदेश संसदीय दलको नेता छान्न काँग्रेसमा समिति

काठमाण्डौं, माघ १८ ।
नेपाली कांग्रेसले प्रदेशसभामा संसदीय दलको नेता चयन, कार्यसमिति गठन र अन्य आवश्यक व्यवस्था गर्न विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सात प्रदेशका लागि ७ केन्द्रीय प्रतिनिधि समेत तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रदेशसभाका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तत्कालै सञ्चालन गर्ने निर्णय पनि बैकले गरेको छ ।
बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीहरु अर्जुननरसिंह केसी, डा रामशरण महत र पूर्णबहादुर खड्काको उपस्थिति थियो ।