प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर)

प्रकाश ढकाल
पोखरा, माघ ६ ।
४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ ब्यक्तिहरुले स्वागत गरे । पोखरा झर्ने वित्तिकै उनले जलविद्युत र पर्यटन विकासका लागि आँफुले ४ नम्बर प्रदेश रोजेको बताएका छन् । ‘मेरो पहिलो जिम्मेवारी भोलिको सपथ गराउने हो । त्यसपछि यहाँको रिसोर्सेजको ब्यवस्थापनतर्फ लाग्छु, उनले भने–यहाँको पर्यटन र जलविद्युतलाई सरकारको राजश्वसँग जोड्ने मेरो योजना छ ।’ अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका कुवँर काठमाण्डौंको छाउनीमा बस्दै आएका छन् ।