प्रदेश प्रमुखको निवास आडमा बम (फोटोमा हेर्नुस्)

पोखरा, फागुन ८ ।
प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरको निवासकै आडमा बम भेटिएको छ । साँझ साढे ४ बजेतिर भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । घटनामा संलग्नको खोजी भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्क खत्रीले जानकारी दिए ।
सोमबारको बन्दमा पोखरा निकै त्रसित भएको छ । विभिन्न ठाउँमा भेटिएका बमले शान्ति सुरक्षा माथी नै चुनौति खडा गरेको छ ।