प्रजु प्यानलको उम्मेद्वारी दर्ता

 

पोखरा, भदौ २५ ।

पोखरा उद्योग बाणिज्य संघमा काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो ।

मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित निस्किएको टोलि महेन्द्रपुल पालिखेचोक हुँदै उद्योगबाणिज्य संघको कार्यालयमा पुगेको थियो । प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र उपमहासचिवमा चिनु गुरुङले उम्मेदवारी दिईन् ।

सदस्यहरुमा खुला तर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् । यस्तै, बस्तुगततर्फ राजेश गुप्ता, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य हरिराज पन्तको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्तापछि प्रजुले ब्यवसायीको हक र हितका लागि आफ्नो प्यानललाई मतदान गर्न आग्रह गरे । उनले पोखरा उद्योग बाणिज्य संघको गरिमा र इतिहासलाई जीवित राख्नका लागि पनि आफ्नो प्यानलको विकल्प नभएको दावी गरे ।

महासचिवका उम्मेदवार अर्जुन पोख्रेलले ब्यवसायीहरु आफ्नो पक्षमा रहेकोले बिजयी हुने बताएका छन् । कर्पोरेट तर्फका सादस्यहरु चाहीँ स्वतन्त्र रुपमा चुनाव लड्नेछन् ।