प्रजातन्त्रको लागि लडेको काँग्रेसलाई हाम्रो समर्थन–तमु समाज

पोखरा, मंसिर ३ ।
तमु भेषमा सजिएका गुरुङ समुदायले एकै स्वरमा प्रजातन्त्रलाई रक्षा पार्टी नै काँग्रेस भएको बताईरहेका थिए । “प्रजातन्त्र र समुन्नतिको लागि काँग्रेस नै हो ।” उनीहरुको ध्येय थियो ।
फुलबारी ११ स्थित तमु समाजको भवनमा आयोजित कार्यक्रममा अधिकांश तमु व्यक्तित्वले काँग्रेसले गरेको योगदान र सहयोगको बारेमा चर्चा गरेका थिए । “गुम्बा निर्माणदेखि अन्य सामाजिक कार्यमा काँग्रेसको योगदान महत्वपूर्ण छ ।” समाजका अध्यक्ष दिलबहादुर गुरुङले भने–“प्रजातन्त्र रक्षाको लागि लड्दै आएको काँग्रेसलाई हाम्रो सहयोग र समर्थन छ ।”
फुलबारीको कार्यक्रम पछि कास्की क्षेत्र नं २ का उम्मेदवारहरु प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, प्रदेश खका उम्मेदवार विन्दुकुमार थापा र समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले वडा नं ४ मा बुद्धिजिवी एवं प्रतिष्ठित उद्योगी व्यवसायीसँग भेटघाट गरेका थिए । भेटघाटमा काँग्रेसलाई जिताउँ अभियानलाई सार्थक रुपमा अगाडि बढाउने निष्कर्ष निकालिएको थियो ।