प्रचण्डपुत्र प्रकाशको निधन

पोखरा, मंसिर ३ ।
प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयाघातपछि अस्पतालमा उपचाररत दाहालको आईतबार निधन भएको परिवार श्रोतको भनाई छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । छोराको निधन भएपछि झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
थप विवरण आउन बाँकी ।