प्रकाशको आजै अन्त्येष्टि गरिने, पेरिसडाँडामा श्रद्धाञ्जली हुने

काठमाण्डौं, मंसिर ३ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ । दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन् ।
श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भुसालले बताइन् । घरमा आज बिहान अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्यावउँदा उनको निधन भइसकेको थियो ।