‘पौडेल बेपत्ता हुनुमा महानगर दोषी’–कर्मचारी युनियन (विज्ञप्ती सहित)

पोखरा, असार १० ।
पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता हुनुमा स्वयं महानगरका प्रमुख र अन्य राजनीतिक संगठनहरु रहेको स्थानीय तह कर्मचारी युनियनले आरोप लगाएको छ । फरक विचारका कर्मचारीलाई फसाउने, सताउने र अन्तिममा तर्साउने गरी मानसिक यातना दिईएको युनियनको आरोप छ ।

‘महानगरको प्रमुख एवं ब्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसावको मान मर्दन गर्ने, विना कारण अपायक सरुवा गर्ने र अतिरञ्जित लाञ्छना लगाउने गरेको कुरा जानकारीमा आएको छ, विज्ञप्तीमा भनिएको छ–पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधी आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथी प्रहार हुन थालेको छ । यसको घोर भत्र्सना गर्दछौं ।’

महानगरकै कारण विगत ६ महिनायता पौडेललाई प्रताडित बनाईएको विज्ञप्तीमा उल्लेख छ । यस्तै कर्मचारीलाई विना भेदभाव काम गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ । पौडेलको शिघ्र खोजी गरी यस्तो अवस्था सिर्जना गर्नेमाथी खोजी गरी कारबाहीको माग गरिएको छ ।