पौडी खेल्न गएका गोरखाका रामबाबु नदीमै बेपत्ता

काठमाण्डौं, बैशाख १६ ।
रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर भए लिखु नदीमा पौडी खेल्न एक युवक नदीमा बेपत्ता भएका छन् । जिल्लाको लिखु तामकोशी गाउपालिका वडा नं २ फेदीमा निर्माणाधिन सेतगंगा हाइड्रो पावर को सुरुङमा कार्यरत एक युवक वेपत्ता भएका हुन् ।
आइतबार दिउँसो कम्पनीबाट पौडी खेल्न गएका गोर्खा जिल्ला घर भएका २६ बर्षिया रामबाबु बुढाथोकीको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको दिउँसोदेखि नै हाइड्रोपावरका कर्मचारी, स्थानीय व्यक्ति र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।