पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता, ५ दिनपछि भेटियो शव

पोखरा, भदौ ५ ।
पौडी खेल्ने क्रममा माछापुच्छ्रे गाउँपालिका ७ लप्सीदोभानबाट बेपत्ता भएका मदन परियार मृत भेटिएका छन् । लमजुङ राईनासकोट घर भएका परियार मामाघर आएका बेला पौडी खेल्न जाँदा ५ दिनअघि बेपत्ता भएका थिए ।

उनको शव पोखरा १६ दीप नजिकै सेती नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।