पोखरेली गायक ईश्वर श्रेष्ठको पोल्याण्डमा रहस्यमय मृत्यु

पोखरा, पुस १६ ।
पोखरेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्याण्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गरेरका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो ।

साथीहरुसगँ क्रिसमस मनाउन निस्किने भनेपनि म पछि आउछु भन्दै कोठामा बसेका थिए । तर उनी त्यस पछि संम्र्पक बिहिन बनेका थिए । चार दिन पछि पोल्याण्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिएपछि नेपालीहरुले ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।

मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्याण्ड संस्थापक अध्यक्ष डा. बोधराज सुबेदीले जानकारी दिए ।

ईश्वर श्रेष्ठ (इशु) गायक हुन् । उनी थर्ड आइ व्याण्डका भोकलिस्ट हुन् । पोखरा रहँदा उनले पोखराका विभिन्न रेष्टुरेन्टमा गीत गाउने गरेका थिए । उनका झिलिमिलि पोखरा, नेपाल बन्द छ लायतका गीत प्रख्यात छन् ।