पोखरा ३३ का काँग्रेस सह संयोजक अधिकारीको मृत्यु

पोखरा, कार्तिक ७ ।
नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नलाई मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

तिलिचोमा लेक लागेपछि उनलाई हेलिकोप्टरबाट मनिपाल शिक्षण अस्पताल ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् ।–थप विवरण आउन बाँकी ।