पोखरा १७ मा निर्वाचन पछि मात्र दुई अर्ब बजेट, तिव्र विकासको क्रममा रहेको वडाको निष्कर्ष

 

पोखरा, कार्तिक २० ।

पोखरा महानगरपालिकाको १७ नंम्वर वडा क्षेत्रभित्र मात्र नयाँ जनप्रतिनिधि निर्वाचित भए पछि हालसम्म मात्र २ अर्ब बराबरको बजेट विनियोजन भएको छ ।

वडा कार्यलय १७ ले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हालसम्मको सामाजिक, भौतिक तथा बिभिन्न शिर्षकमा महानगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारबाट बिनियोजन भएको बजेटको फाँटबारी सार्वजनिक गरेको छ ।

नयाँ सरकार तथा नयाँ जनप्रतिनिधि आएपछि बिनियोजन भएको रकमको मात्र हिसाव गर्दा पनि बिकासको क्रममा वडा अगाडी बढीरहेको तथ्यले देखाएको वडा अध्यक्ष तिर्थराज अधिकारीले जानकारी दिए । कतिपय बिकासका योजनाहरु कार्यान्वयनकै क्रममा रहेको र बाहिर देखिने गरि परिवर्तनका आभास हुने योजना पाईपलाईनमै भएको पनि उनले जानकारी दिए ।

वडा कार्यलयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७४÷७५मा मात्र १४ करोड ६० लाख ६ सय २० रुपैया बिकास र्निमाणमा खर्च भएको छ । त्यसैगरि ०७५÷७६ मा पुर्बाधार तर्फ ७१ करोड ६० लाख, आर्थिक बिकास तर्फ १३ करोड, सामाजिक बिकास तर्फ २९ करोढ ७५ लाख, वाताबरण तर्फ ९ करोड, सस्थागत बिकास तर्फ १८ करोड ३४ लाख रुपैया खर्च गरिएको छ । त्यस्तै सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, कला, सस्कृति तर्फ गरि ४१ करोड६२ लाख ३ हजार ५ सय ९ खर्च भएको छ भने यो बर्ष मात्र बिभिन्न शिर्षकमा १ अर्ब ३ करोड रकम वडामा बिनियोजन भएको बताइएको छ । यो बाहेक डिपिआर भएको रणनितिक तथा गौरबका आयोजनाहरु र्निमाणका काम पनि धमाधम चलिरहेको कार्यालयले दिएको जानकारीमा उल्लेख छ । अहिले वडा भित्र ७ वटा गौरबका कायोजनाको ठेक्का प्रकृया अगाडी बढेको छ भने केही आयोजना डिपिआर निर्माणकै क्रममा रहेको छ ।

सिद्धार्थ राजमार्गको बिरौटा चोक बाट छोरेपाटन सम्म ४ लेनको सडक, ड्यामसाईडमा मोटरेवल पुल, राती खहरे मोटरेवल पुल, सितापाईला पट्नेरी मोटरेवल पुल, फुस्रेखोला (१७ र २१ जोड्ने) मोटरेवल पुल, डेभिजफल काउसेघारी पुल, माछापुच्छ्रे प्रतिविम्ब पार्क र्निमाणको ठेक्का संझौता हुन बाँकी रहेको छ भने महानगर र प्रदेश सरकारले विनियोजन गरेको चाईना पुल, तिनकुने महतगौडा दोबिल्ला सडकको डिपिआर र्निमाणको काम अगाडी बढाइएको छ । उक्त सडकमा पनि ४ करोड बजेट बिनियोजन भएको जनाइएको छ । जनताको बर्षो देखिका आकाक्षाहरु थुपरीएका हुनाले दुई बर्षमा दुई अर्ब खर्च गर्दा पनि बिकासका अझ केही कामहरु बाँकी रहेको र आगामी दिनमा ति कार्यहरु पनि अगाडी बढ्दै संबृद्ध वडा र्निमाणमा आफुहरु निरन्तर लाग्ने वडा अध्यक्ष अधिकारीले जानकारी दिए ।