पोखरा १० मा वामको चुनावी प्रचार कार्यालय

पोखरा, कार्तिक २४ ।
वाम गठबन्धनका उमेदवारलाई सघाउनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा चुनावी प्रचार कार्यालय स्थापना गरिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्यको चुनावका लागि कार्यालय स्थापना गरिएको प्रचार संयोजक सूर्यबहादुर वानियाँले जानकारी दिए ।
कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधी सभामा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभामा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी र प्रदेश सभा ख बाट युवा नेता मन बहादुर गुरुङ उमेदवार बनेका छन । चुनावलाई लक्षित गर्दै गठित विभिन्न उपसमितीहरुको समेत शुक्रबार बैठक भएको छ । बैठकले वाम गठबन्धनलाई विजयी गराउन आवश्यक रकम सुभेच्छुकहरुबाट उठाउने निर्णय गरेको छ ।