पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

पोखरा, भदौ १५ ।
पोखरा विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा गैरकानुनी र निन्दनिय घटनाप्रति ध्यानाकर्षण भएको भन्दै छानवीनलाई चुस्त गरी दोषीमाथी कडा कारबाहीको माग सहित तालाबन्दी गरेको हो । बुधबार नेविसंघ कास्कीका सभापति परशुराम बस्नेतको नेतृत्वमा गएको टोलिले तालाबन्दी गरेको थियो ।

तालाबन्दीमा ला ग्राण्डी इन्टरनेशनल कलेजको नेविसंघले शुक्रबार समर्थन गरेको छ । एउटा सामान्य घटना नभई विश्वविद्यालयको इज्जत र प्रतिष्ठामाथी आँच आउने काम गरिएको भन्दै नेविसंघ ला ग्राण्डीका सभापति विनय पौडेलले विश्वविद्यालयमा अध्ययन गर्ने तिसौं हजार विद्यार्थीको भविष्यमाथी खेलवाड भएको बताए ।

घटनालाई आनाकानी गरेर लम्ब्याउन खोजे नेविसंघ आन्दोलनमा उत्रिने चेतावनी पौडेलले दिएका छन् । उनले जतिसक्दो छिटो छानवीन र कारबाहीको माग गरे । बिज्ञप्तीमा पोखरा कलेज अफ टेक्नोलोजीका विपिन दाहालले पनि हस्ताक्षर गरेका छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।