पोखरा विश्वविद्यालयबाट नेविसंघका ४ नेता पक्राउ

पोखरा, भदौ १७ ।
पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् । डाँडाको नाक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विश्वविद्यालयको स्ववियु चुनावमा नेविसंघबाट अध्यक्षका प्रत्यासी डिफान भुजेल, नेविसंघ ला ग्राण्डी कलेजका विनय पौडेल, नेविसंघ पोखरा विश्वविद्यालयका पुर्व सभापति राजेन्द्र बराल र नेविसंघ नेता अभिषेक गिरी छन् । उनीहरुलाई डाँडाको नाक प्रहरी चौकीमा राखिएको छ ।

विश्वविद्यालयमा तालाबन्दी गर्न खोजेका कारण पक्राउ गरेको प्रहरीले जनाएको छ । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ कास्कीका सभापति परशुराम बस्नेतले बताए ।