पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ

पोखरा, भदौ ४ ।
काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो ।
आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा २२ एमएमको २० राउण्ड गोली भेटिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिए । चितवन घर भइ हाल काठमाडौं बस्दै आएका पुन भारतीय सेनाका जागिरे हुन् ।
उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ ।