पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने

पोखरा, मंसिर १२ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ ।

दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक उपत्यका बाहिर सञ्चालन गर्न लागिएको हो । काठमाडौं, पोखरा र जनकपुरमा हुने प्रतियोगिता अन्तर्गत महिला फुटबलका लागि विशेष तयारी भइरहेको पोखरा रंगशालामा यसअघि १० हजार दर्शक क्षमता हुने भनिएको थियो ।

तर, बिहीबार सागको तयारी तथा व्यवस्थान सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य–सचिव रमेश सिलवालले दर्शक क्षमता बढेर १३ हजार पुगेको बताए ।

‘खुसीको कुरा छ, पोखरा रंगशालामा यसअघि १० हजार क्षमता भनिएकोमा तीन हजार सिट थपिएका छन्,’ सदस्यसचिव सिलवालले भने।

Photo-Sudarshan Ranjit/Dnanepal