पोखरा महानगर ५ को वडा कार्यालयमा चोरी

पोखरा, माघ १० ।
पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट कम्प्यूटर, ल्यापटप लगायतको सामानहरु चोरी भएको हो ।

४ वटा डेस्कटप, एउटा ल्यापटप र २ वटा सिपियु चोरी भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । अध्यधुनिक सुविधा र प्रविधिमैत्री कार्यालय बनाएपछि झनै चोरी बढेको उनको टिप्पणी छ ।

‘पहिले वडा कार्यालयमा खासै केही हुँदैनथ्यो । अहिले अत्यधुनिक उपकरणहरु राखिएका छन्, उनले भने–यसैले चोरी पनि बढेको जस्तो लाग्छ । तर चोरको फुटेज सिसीटिभी क्यामेरामा सुरक्षित छ ।’

पछिल्लो समय पोखराका वडा कार्यालयहरुमा धमाधम चोरी भैरहेका छन् । सबै चोरीको घटनामा एउटै गिरोह सक्रिय रहेको हुन सक्ने उनले बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोर पत्ता लगाउन सक्ने नेपाली बताउँछन् ।