पोखरा महानगरले मुर्रा राँगा ल्याउन पहल गर्ने

पोखरा, असार १० ।
नेपाल सरकारले भारतबाट ल्याएको मुर्रा राँगा पोखरामा ल्याउन महानगरपालिकाले पहल गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर धनराज आचार्यले सरकारले ल्याएका राँगामध्ये ५ वटा पोखरा ल्याउन पहल गरिने बताए ।

‘पोखरास्थित पशुप्रजनन केन्द्रमा ल्याउन पहल गरि नश्ल सुधार सहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । यस्तै, महानगरले आगामी वर्ष किसानलार्य परिचयपत्र वितरण गर्ने कार्यक्रम ल्याएको छ ।

यसअघि नै यो कार्यक्रम सुरु भैसकेको छ । परिचयपत्रका आधारमा न्यूनतम अनुदान ज्ञारेण्टी गरिने कार्यक्रम अहिले ल्याइएको हो । आगामी वर्ष पोखराले एनिमल रेस्क्यु भेइकल सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।